डिल्लीबजार जेलबाट रिहा भए लगतै रेशम चौधरी पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

कर्णाली अनलाइन १५ जेष्ठ २०८०, सोमबार ११:०२

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका रेशम उनकी श्रीमती एवं मन्त्री रञ्जिता श्रेष्ठसँग बालुवाटार पुगेका हुन्।

जेलबाट रिहा भएपछि उनी मन्त्री क्वाटर पुगेका थिए। क्वाटरबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्।

टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए।गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्।चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कार र बस एक आपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु

१५ जेष्ठ २०८०, सोमबार ११:०२
सुर्खेत।बाँकेको राप्ती सोनारी गाउँपालिका-८ मा भएको सडक दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमतर्फ आँउदै गरेको कार र पूर्वतर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किँदा बा १३ च ८२५३ नम्बरको कारमा सवार वीरेन्द्रनगर- ७ का ५४ वर्षीय डा.सन्जु खाती र सवारीचालक ३७ वर्षीय सुवास अधिकारीको घटनास्थलमै मृत्यु […]