प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०६:५८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले काठमाडौंको रामशाहपथस्थित बार परिसरमा धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा आइतबार बार परिसरमा धर्ना दिएका हुन्। बारले घोषणा गरेको कालोपट्टीसहितको विरोध कार्यक्रमअन्तर्गत करिब एक घण्टा धर्ना दिइएको थियो।

पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै उनको राजीनामा माग गर्दै वकिलहरू आन्दोलित भएका हुन्। आजै बार परिसरमा प्रधानन्यायाधीशको समर्थनमा पनि केही कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेका थिए।

यस्तै, केही कानुन व्यवसायी भने हातमा सेतो र कालो दुवै पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन्। न्यायालयमा केही सकारात्मक र केही नकारात्मक क्रियाकलाप भएको भन्दै दुवैथरी पट्टी बाँधेर प्रदर्शन गरिएको उनीहरूले बताएका छन्।

आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर धर्ना दिने बारले जनाएको छ। तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बारको चेतावनी छ। प्रधानन्यायाधीश राणाले भने आफूलाई संवैधानिक तवरबाट हटाउन चुनौती दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीनसय घट्यो सुनको मूल्य

१४ कार्तिक २०७८, आईतवार ०६:५८
काठमाडौँ ।साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको मूल्य तोलामा पाँच […]