भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

कर्णाली अनलाइन २० चैत्र २०७८, आईतवार १५:४१

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फर्किएका हुन्।

उनलाई विमानस्थलमा कार्यवहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। त्यस अवसरमा नेपाली सेनाले उनलाई सलामी अर्पण गरेको थियो।

गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए।

त्यसै क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर–जयनगर रेल सेवाको भर्चुअल उद्घाटनसमेत गरेका थिए। प्रधानमन्त्री देउवा आज बिहान धार्मिक नगरी वाराणसी पनि पुगेका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलङ्कामा आर्थिक सङ्कट : सबै २६ मन्त्रीको सामूहिक राजीनामा

२० चैत्र २०७८, आईतवार १५:४१
एजेन्सी।चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र […]