भेरीगंगा नगरपालिका प्रमुखमा ढकाल विजयी

कर्णाली अनलाइन ५ जेष्ठ २०७९, बिहीबार ०७:३१

सुर्खेत । भेरीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार यज्ञप्रसाद ढकाल विजयी भएका छन् । ढकालले १००१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद सिंहले ९७९७ मत ल्याएर पराजित भएका छन् ।

भेरीगंगामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसविच चुनावी गठबन्धन भएकाे पालिका हाे ।  उपप्रमुखमा पनि एमालेका धनसरा बोहोरा विजयी भएकी छन् । बाेहाेराले ९६१४ मत ल्याएर विजयीहुँदा गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्दका नन्दबहादुर कार्की ८९१३ मत ल्याएर पराजित भएका छन् ।

१३ वडा रहेकाे भेरीगंगाकाे आठ वडामा नेपाली काँग्रेस,  तीन वडामा नेकपा एमाले र दुई वडामा नेकपा ‍‌माओवादी केन्द्र विजयी भएका छन् । वडा नम्बर १ काे वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेश पुलामी मगर ३३३, ३ मा जीतबहादुर सुनार ६०८, ६ मा लालसिं बुढाक्षेत्री ५२४, ७ मा कर्णबहादुर मिजार ५२२, ८ मा पुसे कामी ९२४ , ९ मा प्रेमबहादुर बुढा ८५७, १० मा वीरबहादुर बस्नेत १०२७ र १२ मा रामबहादुर डाँगी ९७५ विजयी भएका छन् ।

यस्तै नेकपा एमालेबाट वडा नम्बर ४ काे वडाध्यक्षमा गंगाबहादुर खत्री ९५१, ५ मा प्रेमबहादुर सारु  ५२४ र ११ मा जयबहादुर नेपाली १११६ विजयी भएका छन् । माओवादीले भने वडा नम्बर २ काे वडाध्यक्षमा चिरन्जीवी बुढा ५०७ र  १३ मा गणेशबहादुर  भण्डारी १००६ मत ल्याएर विजयी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा कुटपिटबाट खड्काको मृत्यु

५ जेष्ठ २०७९, बिहीबार ०७:३१
जाजरकोट।जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार मृत्यु भएको छ । रेशम बहादुर, सोही ठाउँ बस्ने विर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ । […]