जाजरकोटमा कुटपिटबाट खड्काको मृत्यु

कर्णाली अनलाइन ५ जेष्ठ २०७९, बिहीबार ०८:०९

जाजरकोट।जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार मृत्यु भएको छ । रेशम बहादुर, सोही ठाउँ बस्ने विर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट रेशम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय पञ्चलादहबाट खटिएको प्रहरीले उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय

५ जेष्ठ २०७९, बिहीबार ०८:०९
काठमाडौं।  सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम […]