सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

कर्णाली अनलाइन २७ माघ २०७८, बिहीबार ११:४७

बाँके।सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ।जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो। जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो।

शाही थरकी महिलाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएकी छन्। गत सोमबार दिइएको जाहेरी बिहीबार दर्ता भएको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्धको जाहेरी दर्ता भएको जानकारी दिए। प्रवक्ता न्यौपानेले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बानियाँलाई नियन्त्रणमा लिने बताए।सांसद बानियाँले आफ्नो राजनीति सिध्याउन सुनियोजित तरिकाले फसाइएको प्रतिक्रिया दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसिसी पारित नगरे सम्बन्ध पुनरावलोकन गर्छौँ- अमेरिकी मन्त्री लु

२७ माघ २०७८, बिहीबार ११:४७
काठमाडौँ।अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ‌ओलीसँग छुट्टाछुट्टै फोन गर्दै अमेरिकी सहयोग परियोजना एमसिसी पारित नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने चेतावनी दिएका छन्। उनले फेब्रुअरी २८ को समयसीमाभित्र एमसिसी नेपालको संसद्‌बाट पारित नभए अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने […]