सुर्खेत उद्याेग बाणिज्य संघको निर्वाचन बैशाख ४ गते तोकियो (कार्यतालिका)

कर्णाली अनलाइन २६ चैत्र २०७८, शनिबार १२:५०

सुर्खेत । सुर्खेत उद्याेग बाणिज्य संघकाे निर्वाचन मिति ताेकिएकाे छ । यसअघि आज गर्ने भनिएकाे निर्वाचन असन्तुष्ट व्यापारीहरुले अदालतमा रिट दायर गरेपछि राेकिएकाे थियाे । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन समितिले नयाँ मिति ताेकेकाे हाे ।

अब आगामी बैशाख ४ गते निर्वाचन मिति ताेकिएकाे छ । आइतबार १० बजेदेखि दिउँसाे ३ बजेसम्म प्रा.लि. साझेदारी फर्म र कम्पनी लगायतकाे मतदाता सूचीमा नाम समावेश हुनेगरी प्रतिनिधि पठाउने तथा मतदाता नामावलीमा दावी विराेध गर्ने संशाेधित निर्वाचन कार्यतालिकामा उल्लेख छ । यस्तै आइतबार नै मतदाताकाे अन्तिम नामावली प्रकाशन र चैत २८ गते साेमबार १० बजेदेखी दिउँसाे ३ बजेसम्म उम्मेद्वारी दर्ता तथा साेही दिन साँझ उम्मेद्वारकाे सूची प्रकाशन गरिने अधिवक्ता समेत रहेका निर्वाचन समितिका नन्दबहादुर भण्डारीले  जानकारी दिए ।

उनकाअनुसार बैशाख २९ गते विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेद्वारी उपर दाबि विराेध र फिर्ता, साेही दिन अपरान्ह छ बजे दावी विराेध उपर निर्णय र उम्मेद्वारहरुकाे अन्तिम नामावली प्रकाशन गरिने छ । बैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि र साेही दिन १२ बजेपछि माैन अवधि ताेकिएकाे भण्डारीले बताए । उनकाअनुसार मतदान बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्की बिच वार्ता

२६ चैत्र २०७८, शनिबार १२:५०
एजेन्सी।युद्धग्रस्त युक्रेनको भ्रमण गरेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन् ।दुई नेताबीच राजधानी किएभमा भेटवार्ता भएको हो । युक्रेनी नागरिकलाई आफ्नो ऐक्यबद्धा देखाउनका लागि प्रधानमन्त्री जोन्सन किएभ गएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बेलायतले युक्रेनलाई १२० सैन्य सवारी तथा एन्टी–मिसाइल प्रमाणाली दिने भएको जेलेन्स्की–जोन्सन वार्तापछि […]