एमालेका अध्यक्ष ओली कालिकोट नपुग्दै एमाले नेता शाही काँग्रेस प्रवेश

कर्णाली अनलाइन १७ चैत्र २०७८, बिहीबार १०:१६

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली दौडाहमा छन् । काठमाडौंबाट सिँधै दैलेख पुगेका अध्यक्ष ओली त्यसपछि जुम्लाको सिँजा क्षेत्र पुगे । उनी सिँजामा आयोजित कार्यक्रमलाई सम्बन्धोन गरिरहँदा एमाले कालिकोटका पुराना नेता भने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

विप्लव नेतृत्व दल नेकपाका राज्य समिति सदस्य रामप्रसाद शर्मासहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश गराउन अध्यक्ष ओली कर्णाली दौडाहमा छन् । उनी कालिकोट नपुग्दै एमालेका पुराना नेता एवम् पूर्व सचिवालय सदस्य धीरबहादुर शाही आज काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई नेपाली काँग्रेसका कालिकोट सभापति अम्मबहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् । सभापति शाहीले एमालेका पुराना नेतालाई काँग्रेसमा प्रवेश गराइएको पुष्टि गरेका छन् । ‘उहाँ २०४७ सालदेखी नेकपा एमालेमा आवद्ध हुनुभएको हो, आज नेपाली काँग्रेस रोज्नु भएको छ,’ शाहीले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

१७ चैत्र २०७८, बिहीबार १०:१६
सप्तरी।म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ का २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताउनुभयो । स्थानीय तह चुनाव २०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना […]