एनएमबि पिपिरा शाखाद्धारा वित्तिय साक्षरता,कार्यक्रम प्रभावकारी भएकोमा सहभागी दङ्ग

कर्णाली अनलाइन २ फाल्गुन २०८१, शुक्रबार १८:१७

सुर्खेत।जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा न.११ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पिपिराले केन्द्र नम्बर १६ मा ग्राहक संरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम, जोखिम न्यानिकरण र जोखिम न्युनिकरणको लागि सस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक गरि २० जनाको उपस्थिति रहेको थियो । पिपिरा शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय पिपिरा शाखा प्रबन्धक इन्द्र बहादुर चलाउनेले जानकारी दिनु भयो। कार्यक्रममा प्रदेश कार्यालय बाट प्रदेश प्रमुख अभिषेक गौतम, शाखा कार्यालय पिपिराका कर्मचारी नमराज पाण्डे को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा  एनएमवि लघुवित्त वित्तिय संस्था लि.कर्णाली प्रदेश प्रमुख अभिषेक गौतमले वित्तिय साक्षरता र विमाको महत्व र संस्थाका निति नियमको बारेमा प्रस्टाउनु भएको थियो ।

उक्त नगरपालिकामा वडा न. १,२,५,६,७,८,९,१०,११, भित्रका करिब ६७० भन्दा धेरै घरधुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित शाखा कार्यालय पिपिराले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका, आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनएमबि जहरे शाखाद्धारा वित्तिय साक्षरता तथा अन्तक्रिया कार्यक्रम,सवैको रोजाईमा एनएमबि लघुवित्त

२ फाल्गुन २०८१, शुक्रबार १८:१७
सुर्खेत।जिल्लाको भेरिगगा नगरपालिका वडा न.०९ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरेले केन्द्र नम्बर १० मा ग्राहक सरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम, जोखिम न्यानिकरण र जोखिम न्युनिकरणको लागि सस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ। उक्त कार्यक्रममा ग्राहक सदस्य […]