‘वडावासीले मुल्याकन गर्ने र सवैले देख्ने गरी काम गरेका छौं’-अध्यक्ष वि.क

कर्णाली अनलाइन ८ चैत्र २०७८, मंगलवार ११:२०

यतिवेला स्थानीय तहको निर्वाचनका लागि माहोल तातिन थालेको छ।अर्थात घर नजिकको सिहदरवार भनिने स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयन गर्नका लागि निर्वाचन आयोगले चुनाव घोषणा गरिसकेको छ ।आउँदो बैशाख ३० गते हुने निर्वाचनको प्रचार पनि सुरु भइसकेको छ। त्यसकारण पनि यस अघि निर्वाचित भएका जनप्रतिनिधिको पाँच वर्षको कार्यकाललाई विभिन्न कोणबाट मुल्याकंन गर्न थालिएको छ ।आखिर हालका जनप्रतिनिधिहरुले यो अवधिमा के कति प्रगति गरे ? चुनावको बेला जनतासंग गरेका बाचाहरु कति पुरा भए त?यो अवधिमा कालिकोटको सान्नि त्रिवेणी गाँउपालिका वार्ड नम्वर १ मा कस्ता काम भए?यही विषयमा केन्द्रीत रहेर सान्नित्रिवेणी गाँउपालिका वडा नम्वर १ का वडाध्यक्ष भरत बहादुर विक (आकाश)सँग हाम्रा कर्णाली अनलाइन कालिकोट सहकर्मीले कुराकानी गरेका छन। प्रस्तुत छ,कुराकानीको सम्पादित अंश-
 -हिजोआज के कति काममा व्यस्त हुनुहुन्छ?
हाम्रो कार्यकालको यो अन्तिम वर्ष हो। निर्वाचन आयोगले आसन वैशाख ३० गते स्थानिय तहको निर्वाचन तोकीसकेको ले पार्टीको काम सगै वडामा हाल संचालित योजनाहरुको कार्यान्वयनमा जोड दिएका छौँ। विशेषगरी योजनाहरुको अनुगमन गर्ने काम भइरहेको छ।जनताका दैनिक आवश्यकता पुरा गर्नेगरी पाएको जिम्मेवारीमा नै व्यस्त छु।
 -वडामा विकासको अवस्था कस्तो रहेको छ ?
वडाका सवै गाँउ गाँउसम्म सडक सञ्जाल जोडन सफल भएका छौँ। शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता आधारभुत कुरा मा जोड दिएका छौँ। विधुतको हकमा चाहीँ वाडका अधिकाश घरमा विधुतको पहुँच पुगेता पनि केही घरहरुमा मात्रै विधुत लाइन पुगेको छैन ।यहि कार्यकालमा सवैको घरमा बत्ति बल्ने र विधुत मुक्त वार्ड बनाउने गरि काम अगाडी बडाएका छौँ। वडामा अन्य भौतिक पूर्वाधारका कामहरु जारी छन्। नागरिकलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमुलक तालिम संगै कृषि पेशालाई कसरी व्यवसायीमुखी बनाउन सकिन्छ भन्ने तर्फ जोड दिएका छौँ।
-यसपालीको बजेटमा प्राथमिकता के छन्?
हामीले जनताको लागि आवश्वयक सवै क्षेत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेका छौँ।सडकको स्तरउन्नती, विधुत ,खानेपानी ,शिक्षा,स्वास्थ्य क्षेत्रमा हामीले प्राथमिकता दिएर काम गरिरहेका छौँ।विशेषगरी वडा सरकार भनेको दैलोको सरकार भएकाले पनि जनताको पहिलो सेवा लिने ठाँउ पनि यहीँ सरकार हो।त्यसैले हामीले सवै का आवश्यकता पुरा गर्ने प्रयासका साथ बजेट कार्यान्वयन गरिरहेका छौँ।
– काम गर्दा कस्ता चुनौती भोक्नु भयो?
विषेशरुपमा यो पाँच वर्ष हाम्रो लागी परिक्षणको रुपमा भयो ।केही चुनौती सगंसगै सम्भावना र अवसरहरु पनि साथ साथमै हुने भएको ले ति चुनौतीलाई पन्छाउदैँ अवसरको रुपमा लिनु पर्ने थियो । ताकी एउटा जनप्रतिनिधिको हैसियतले पनि ।शूरुका केही वर्ष अलि चुनौती भए पनि विस्तारै त्यसलाई परिमाजित गरेर अघि बढे। विभिन्न ऐन निर्माण समयमै नहुदा केही चुनौतीहरु त पक्कै सामाना  गर्नुपयो।
 -तपाईको वडाको मुख्य समस्या के छ?
हाम्रो वडाको मुख्य समस्या भनेको उत्पादित वस्तुलाई बजारीकरण गर्ने र कृषि पेशालाई जिवन निवाह मुखी कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीलाई विस्तार गरि सरल र उपयुक्त बजारीकरण गर्नु प्रमुख चुनौती रहेको छ।
– तपाई निर्वाचित भएपछि वडामा के परिवर्तन भयो?
यो कुरा वार्ड नम्वर एक का नागरिकले मुल्याकंन गरिराखेका होलान?हामी निर्वाचित भएर आउनुभन्दा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ। सडक, शिक्षा,स्वास्थ्य,खानेपानी,विधुतलगायत अन्य विकास निर्माणका काम भएका छन ।
– वडामा रोजगारी सिर्जना गर्ने योजना के छन्?
हामीले रोजगारी भन्दा पनि स्वरोजगारमार्फत आत्मनिर्भर बनाउन खोजेका छौँ।वडामा रहेका निम्नवर्ग ,महिला ,दलित र युवाहरुको लागी विभिन्न सीपमुलक तालिमहरु सिकाएर स्वरोजगारको लगाएका छौँ।संगै कृषि र पशुपालन क्षेत्रमा पनि हामीले युवाहरुलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याएर स्वरोजगार गराइरहेका छौँ।प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई रोजगारीको व्यवस्था मिलाएका छौँ।
– जनतासंग गरिएका वाचा पुरा भए होलान त?
हामीले जनताको विचमा गरेका अधिकाश प्रतिवद्धता पुरा भएका छन।बाँकी काम पनि पुरा गर्ने चरणमै छौँ। मैले आफैले भनेर पनि भन्दा पनि जनताले मुल्याकंन गर्नुहून्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायात व्यवसायीहरुले सुर्खेतमा अनिश्चितकालिन यातायात बन्द

८ चैत्र २०७८, मंगलवार ११:२०
सुर्खेत ।यातायात व्यवसायीहरुले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका नीजि सवारीहरुले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन । विहानैदेखि व्यवसायीहरुले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरुको […]