वीरेन्द्रको सालिक राख्न खोज्दा नेपालगञ्जमा तनावग्रस्त:६ राउन्ड गोली चलाइयो

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार ०६:२९

बाँके।नेपालगञ्जस्थित धम्बोजीचोक तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको हो ।बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजा समर्थिक नागरिकबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउन्ड हवाईफायर समेत गरेको थियो ।

प्रशासनले सालिक राख्न नदिएपछि स्थानीयले विरोध गरेका थिए । विरोध प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले हवाईफायर गरेको थियो । प्रहरीसँगको झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधवले भने- प्रधानमन्त्रीकाे कार्ड फाल्न थलिएकाे छ, प्रलाेभनमा परिँदैन

१९ जेष्ठ २०७९, बिहीबार ०६:२९
सुर्खेत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीकाे कार्ड फाल्न थालिएकाे उल्लेख गर्दै आफू प्रलाेभनमा नपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका उनले यसबारे खुलाएका हुन् । ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको […]