वन कुखुरा मार्न पड्काको बन्दुकको छर्रा लागेर एक महिला घाइते

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०८:२१

गुल्मी। गुल्मीमा जंगलमा वन कुखरा मार्न भनि एक पुरुषले ताकेको बन्दुकको छर्रा लागेर उनकै श्रीमती घाइते भएकी छन् । गोली चलाउने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १५ गते राति करिव १० बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका–४, बडागाउँ काप्भलाका दिपक काउछा र उनकी ४२ वर्षीय श्रीमती वसन्ती काउछा घरबाट २ सय मिटरको दुरीमा पर्ने धारापानी जंगलमा वन कुखरा मार्न बन्दुक बोकेर गएका थिए ।

सोही क्रममा वन कुखुरालाई प्रहार गरेको गोलीको छर्रा उनकै पत्नीको ढाडमा लागेको थियो । घटनास्थलमै घाइते भएर ढलेकी वसन्तीको हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको पेटबाट गोलीका ४/५ वटा छर्रा निकालिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त घटनाबारे प्रहरीलाई मंगलबार मात्र जानकारी भएको हो । बन्दुक प्रहार गर्ने दिपक सो घटनालगत्तै फरार भए पनि प्रहरीले सोही वडाको गजुङ्गा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन

१७ कार्तिक २०७८, बुधबार ०८:२१
सुर्खेत।मंगलबार बसेको संसदीय दलको बैठकले नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन्।शाहीलाई दलको नेतामा चयन गरेको हो। उनी मुगु प्रदेशसभा (क) बाट निर्वाचित सांसद हुन्। कर्णाली प्रदेशसभामा समाजवादीका तीन सांसद छन्। समाजवादीले प्रदेश सरकारमा तीनवटा मन्त्रालय दाबी गरेको छ। योसँगै अब शाहीले नेतृत्वमा समाजवादी […]