जलिरहेकाे अवस्थामा भेटियो तारा एयरकाे दुर्घटनाग्रस्त जहाज

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १२:१०

पोखरा ।आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ। नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएकाे छ।

सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका हुन्। विमानमा अहिले पनि आगो लागिरहेको छ।

बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको टोप्ला पाटनमा हाईअल्ट्रिच्यूट ट्रेनिङ सेन्टर बन्ने

१५ जेष्ठ २०७९, आईतवार १२:१०
सुर्खेत।सरकारले आगामी बजेटबाट जुम्लाको टोप्ला पाटनमा हाईअल्ट्रिच्यूट ट्रेनिङ सेन्टर बनाउने भएको छ । संसदमा आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको टोप्ला पाटन लगाएत स्थानमा हाईअल्ट्रिच्यूट ट्रेनिङ सेन्टर बन्ने बताए ।