७५३ स्थानीय तहमध्ये ६८३ तहको नतिजा सार्वजनिक ,काँग्रेस एक्लैले जित्यो ३०३ पालिका

एमाले र माओवादीले कहाँ कति स्थानमा विजय हासिल ?

कर्णाली अनलाइन ७ जेष्ठ २०७९, शनिबार ०२:०९


सुर्खेत।देशभर ७ सय ५३ स्थानीय तह मध्ये शनिवार विहानसम्म ६८३ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। हाल निर्वाचनको मत गणना अन्तिम तरणमा पुग्दै गर्दा काँग्रेसले अहिलेसम्म ३०३ स्थानीय तहमा जित हासिल गरेको छ। सार्वजनिक परिणाम अनुसार अहिलेसम्म सवैभन्दा धेरै पालिका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन।काँग्रेसले ३०३ स्थानमा प्रमुखमा जित हासिल गरिसकेको छ भने ,२४ स्थानमा अझै पनि अग्रता कायम राखेको छ।

२०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा सवैभन्दा धेरै पालिका जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा काँग्रेसभन्दा निकै पछि परेको छ।शनिवार बिहानसम्मको तथ्यांक अनुसार एमालेले अहिलेसम्म १८६ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका देशभरका २१ पालिकामा एमाले उम्मेद्वार अगाडि छन। भने माओवादी केन्द्रले अहिलेसम्म ११७ पालिकाको प्रमुख जितेको छ।भने ४ तहमा अग्रता कायम राखेको छ। ०७४ मा माओवादीले १०६ पालिका प्रमुख जितेको थियो।

जनता समाजवादी पार्टी जसपा अहिलेसम्म २८ स्थानीय तहको प्रमुख जितेको छ भने ९ स्थानीय तहमा अग्रता कायम गरेको छ। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १७ स्थानीय तहको प्रमुख जितेको छ भने २ स्थानीय तहमा उसले अग्रता कायम राखेको छ।

लोसपाले १० स्थानीय तहमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रता कायम गरेको छ ।त्यसतै राष्टिय जनमोर्चाले ४ स्थानमा विजय हासिल गरेको छ भने राप्रपाले ४ तहको प्रमुख जितेको छ। रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जितेको छ। नेपाल मजदुर किसान पार्टीले अहिले सम्म १ स्थानमा मात्रै जित हासिल गरेको छ भने तमलोपाले १ स्थानीय तहमा प्रमुखमा जित हासिल गरेको छ।विवेकशिल साझा पार्टीले पनि १ स्थानमा प्रमुखमा जित हासिल गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

७ जेष्ठ २०७९, शनिबार ०२:०९
सुर्खेत। डोटीमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्।घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए। दुर्घटनामा परी एक बालक बेपत्ता भएका छन्। अछामको चौरपाटी गाउँपालिका-६ का सुरेन्द्र शाहीका १८ महिने […]