‘कबड्डी ४’फिल्म बन्द गर्ने मागसहित केएल टावरमा प्रदर्शन,भिक्षुलाई रिहा गर्न माग

कर्णाली अनलाइन १७ जेष्ठ २०७९, मंगलवार ०६:४९

काठमाडौं।‘कबड्डी ४’की अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावरअघि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै ती अभिनेत्रीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । पक्राउको विरोधमा कर्णालीका बासिन्दा र लामा समुदायले मंगलबार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम थियो । तर कार्यक्रम स्थगित भएको छ ।फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि मंगलबार बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।

निर्देशक रामबाबु गुरुङले बिहानैदेखि तामाङ समुदायका विभिन्न संघसंस्थासँग छलफल सुरु भएको जनाएका छन् । आफूहरु मेलमिलापतर्फ अघि बढ्ने समेत गुरुङले बताए । तामाङ घेदुङ र बौद्ध समाजसँग आफूहरु छलफलमा रहेको उनले जनाए ।सोमबार ‘कबड्डी ४’का लागि सिनेमा हल पुगेकी अभिनेत्रीलाई ती युवाले तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमणमा जाने

१७ जेष्ठ २०७९, मंगलवार ०६:४९
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन्। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ती निकालेर प्रधानसेनापति शर्मा आगामी असार ४ देखि १० गतेसम्म लेबनान र सिरिया भ्रमणमा जाने जानकारी दिएको हो । शर्माले भ्रमणका क्रममा शान्ति सेना मिसनहरूको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल […]