प्रहरी बोकेको जीप दुर्घटना:२ प्रहरीको मृत्यु ,८ घाइते

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार ०७:२३

ओखलढुंगा।बुधबार बिहान बोलेरो दुर्घटना भएको छ ।सोलुखूम्बुबाट विराटनगर जाँदै गरेको बा.१६ च १०९४ नम्बरको बोलेरो मानेभञ्याङ ६ भडारे खोला नजिक दुर्घटनामा परेको हो ।दुर्घटनामा परी बोलेरोमा सवार २ जना प्रहरीको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ।

सोलुखुम्वुबाट कार्यालयको कामले प्रहरी लिएर विराटनगर हिँडेको जीपमा सवार दुई जना प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पुष्टि गरेको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।बोलेरोमा ८ प्रहरी,१ सर्वसाधारण र चालकसहित १० जना सवार रहेको र घटना बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा लागूऔषधसहित २ जना पक्राउ

३० चैत्र २०७८, बुधबार ०७:२३
सुर्खेत । जुम्ला प्रहरीले लागूऔषध चरेशसहति दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ५:४० बजेको समयमा तातोपानी गाउँपालिका–५ का अन्दाजी १९ वर्षीय टेकेन्द्र नेपालीलाई प्रहरीले पक्राय गरेको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–५ राजासिम तिला नदी तर्फ जाने सडक खण्डमा संकास्पद रुपमा हिडडुल गर्दै गरेको अवस्थामा पक्राउ गरेको […]