सर्वोत्कृष्ट नायकको अवार्ड पल शाहलाई

कर्णाली अनलाइन २८ चैत्र २०७८, सोमबार १४:३६

काठमाडौँ।नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन्। त्यस्तै, सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाएकी छन्।

शाह र शर्माले ‘म यस्तो गीत गाउँछु- २’ बाट सर्वोत्कृष्ट नायक र सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेका हुन्। सोही चलचित्रबाट सुदर्शन थापाले पनि सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन्। वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु- २’ नै घोषित भएको छ।

चलचित्र विकास बोर्डमा सोमबार आयोजित एक कार्यक्रममा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड दिइएको हो। त्यस्तै, सोही चलचित्रबाट  आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । समारोहमा सहभागी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले जेल परेका पललाई ‘मिस’ गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी अभियानमा जुट्दै

२८ चैत्र २०७८, सोमबार १४:३६
जुम्ला।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशव्यापी आफनो चुनावी अभियान सुभारम्भ गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाको सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्दीय सह-महामन्त्री धनबहादुर बुढाले राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे । उनले भने त्यसमाथि […]