पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने ओलीकाे संकेत

कर्णाली अनलाइन २ फाल्गुन २०७९, मंगलवार १८:२१

काठमाडौँ।एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्।मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्।

ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि राजनीतिमा आउने उतारचढावले परिस्थिति फेरिन सक्ने बताएका हुन्।

अखिलको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘राजनीति सोझो रेखाबाट जाँदैन। उतार चढाव फेरि पनि आउन सक्छ। पाँच दलीय गठबन्धन टुटेकोमा कार्यकर्ताहरु काफी प्रसन्न भएको देखेको छु। गठबन्धन फुटाउनु सफलता हो। तर कथमकदाचित यो स्थिति फेरियो भने।’

चुनावअघि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको पाँच दलीय गठबन्धन थियो।फागुन २५ गते हुने राष्ट्रपति चुनावमा माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने तर्क अघि सार्दै पूर्वसहमतिअनुसार एमालेको उम्मेद्वारलाई सहयोग नगर्ने बताउन थालेको छ।

सरकार गठनका बेला पुस १० गते भएको भनिएको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने एमालेको अडान छ। तर त्यसमा माओवादी तयार देखिन्न।

अहिलेकै गठबन्धनलाई टिकाएर जान ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड निरन्तर छलफलमा रहे पनि सहमति बन्ने अवस्था देखिएको छैन। त्यसैतर्फ संकेत गर्दै ओलीले एमाले फेरि प्रतिपक्षमा धकेलिन सक्ने संकेत कार्यकता माझ गरेका हुन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लाको सिमकोटमा एक महिला मृत अवस्थामा फेला

२ फाल्गुन २०७९, मंगलवार १८:२१
हुम्ला।जिल्लाको सदरमुकाम सिमकोटमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन । सिमकोट गाउँपालिका १ दोजाम की अन्दाजी ३० वर्षिय छिरिङ कुडोल लामा सिमकोटकै माथिल्लो बजार स्थित एक घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए। उक्त घटना शुक्रबार राती ११ बजे […]