सुर्खेतको कपासेमा जीप दुर्घटना,एक जनाकाे मृत्यु

कर्णाली अनलाइन ८ असार २०७९, बुधबार १७:४७

सुर्खेत । सुर्खेत-दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको हो ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा एक जनाको मृत्यु भएपनि उनको पहिचान खुलेको छैन् । दुर्घटनामा चार जना घाइते छन् । उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा

८ असार २०७९, बुधबार १७:४७
सुर्खेत । ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ । विसं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगेसँगै पुनः गढीमा राखिने भएको हो । दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईंले सुन्दरी तोपलाई आज गढीमा पुनःस्थापना गर्ने कार्यक्रम […]