थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना संक्रमणमुक्त

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार १०:०१

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ पुगेको छ।

आइतबार ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ६ हजार ६०४ पीसीआर तथा २ हजार ३१४ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौकुने गाउँपालिकामा बन रक्षक मृत फेला

१२ मंसिर २०७८, आईतवार १०:०१
सुर्खेत। चौकुने गाउँपालिका–४ स्थित बिजौरा पोष्टका बन रक्षक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा फेला परेको सुर्खेतका एसपी राजेन्द्र भट्टले  बताए । चौकुने गाउँपालिका–४ स्थित भुडेभाबरमा रहेको कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको घरमा उनी मृत भेटिएका हुन् । बिहान मृत […]