रुखमा मोटरसाइकल ठोक्किँदा सर्लाहीमा दुई युवकको मृत्यु

कर्णाली अनलाइन ३० कार्तिक २०७८, मंगलवार ११:२७

जनकपुरधाम। रुखमा मोटरसाइकल ठोक्किँदा सर्लाहीमा दुई युवकको मृत्यु भएको छ।जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथानस्थित सडकखण्डमा घारीबथानबाट बाँकेतर्फ जाँदै गरेको मोटरसाइकल रुखमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

दुर्घटनामा परी प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकलमा सवार सोही स्थानका २२ वर्षीय सुरज मुर्मथान र २० वर्षीय मुकेश निमेलको मृत्यु भएको हो।रुखमा ठोक्किँएपछि मगरको टाउकोमा गम्भीर चोट लागेको थियो। मगरलाई उपचारको लागि गढिमाई अस्पताल लालबन्दी पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै निमेलको दाहिने तिघ्रा भाँचिएको थियो भने टाँउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारको लागि नेशनल मेडिकल कलेज विरगञ्ज पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अग्नी पीडितलाई राहत घोषणा गरेको २४ घण्टामै गमगढी पुगे मुख्यमन्त्री शाही

३० कार्तिक २०७८, मंगलवार ११:२७
सुर्खेत । गमगढीका अग्नी पीडितलाई राहत प्याकेज घाेषणा गरेका २४ घण्टामै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही मुगु प्रस्थान गरेका छन् । अग्नी पीडितका लागि त्रिपाल, कम्बोल र खाद्यन्न सामग्रीहरु लिएर शाही सहितको टोली आज मुगु सदरमुकाम गमगढी प्रस्थान गरेको हो । मुख्यमन्त्री शाहीसँगै नव नियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर […]