गुराँसेका वनपाखामा ढकमक्क फूल्यो लालीगुराँस (फोटो फिचर)

कर्णाली अनलाइन ५ चैत्र २०७८, शनिबार १७:००

दानबहादुर खत्री

सुर्खेत। निलो आकाशमुनि भिरालो जमिन कतै घाँसे मैदान छ, त कतै झाडी र बुट्यान। लेकाली क्षेत्रको विभिन्न स्थानमा गुराँसे जङ्गल पनि छ । त्यही भएर दैलेखको गुराँसे क्षेत्र सवैको रोजाइ बन्ने गर्दछ। सायदै गुराँस धेरै भएर नै होला दैलेखको गुराँस गाँउपालिकाको नामाकरण समेत गुराँस राखिएको हो ।

वसन्त ऋतुको आगमनसँगै दैलेख र सुर्खेतको रातानाला र गुराँसेका वनपाखामा गुराँस फुलेका छन । वसन्त ऋतु सुरु हुनुअगावै गुराँस फुलेपछि खासगरी दैलेखका गुराँसे क्षेत्रहरु अहिले नवदुलही जस्तै सिङ्गारिएका छन् । माघदेखि बैशाख महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्ने गर्दछ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रहरुमा छुट्टै खालको रौनक छाएको छ ।

गतवर्षमा लामो खडेरीको कारण गुराँस फुल्न सकेका थिएनन केही मात्रमा फुलेका लालिगुराँस पनि सुक्दा गुराँसेमा रहेको कृतिम गुराँसलाई हेरेर पर्यटकहरु फर्किएका थिए। तर यो वर्ष भने नियमित वर्षा र गुराँसे क्षेत्रमा परेको बाक्लो हिमपात गर्दा होला गुराँसे क्षेत्रहरु यतिवेला बेहुलीको सिउँदो जस्तै रङ्गिएको छ । वनजङ्गलमा रहेका गुराँसका रुखमा यतिबेला ढकमक्क लालीगुराँस फुलिरहेका छन ।

 

ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैंस चढेको छ । यही गुराँसको सौन्दर्यताले पर्यटकलाई खुब लोभ्याउँछ । गुराँस हरियो र खस्रा पात हुने तथा रातो, गुलाफी, सेतोलगायत अनेक रङको थुङ्गा फूल फुल्ने वृक्ष हो ।

फोटो सौजन्य सुरेश आचार्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेनी सैनिकको ब्यारेकमा रुसी मिसाइल, सुतिरहेका सैनिक ठूलो संख्यामा मारिएको आशंका

५ चैत्र २०७८, शनिबार १७:००
एजेन्सी।रुसले गरेको मिसाइल आक्रमणका कारण ठूलो संख्यामा युक्रेनी सैनिकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।गएको शुक्रबार रुसले युक्रेनी सैनिकको व्यारेकलाई लक्षित गरेर तीनवटा मिसाइल आक्रमण गरेको थियो । रुसले मिसाइल आक्रमण गर्दा करिब २०० सैनिक सुतिरहेका थिए । मिकोलाभको उत्तरी क्षेत्रमा रहेको ब्यारेकमा रुसले आक्रमण गरेको हो। सो आक्रमणमा […]

सम्बन्धित शीर्षक