युक्रेनी सैनिकको ब्यारेकमा रुसी मिसाइल, सुतिरहेका सैनिक ठूलो संख्यामा मारिएको आशंका

कर्णाली अनलाइन ६ चैत्र २०७८, आईतवार ०१:२४

एजेन्सी।रुसले गरेको मिसाइल आक्रमणका कारण ठूलो संख्यामा युक्रेनी सैनिकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।गएको शुक्रबार रुसले युक्रेनी सैनिकको व्यारेकलाई लक्षित गरेर तीनवटा मिसाइल आक्रमण गरेको थियो । रुसले मिसाइल आक्रमण गर्दा करिब २०० सैनिक सुतिरहेका थिए ।

मिकोलाभको उत्तरी क्षेत्रमा रहेको ब्यारेकमा रुसले आक्रमण गरेको हो। सो आक्रमणमा घाइते भएका करिब ५७ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको एक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ब्यारेकमा भएको सो आक्रमणमा के कति हताहती भयो भन्नेबारे आधिकारिक जानकारी आएको छैन। उद्धार तथा खोजीको काम जारी छ । उनीहरुले शनिबार भत्नावशेष भित्रबाट ३० घण्टापछि एकजनालाई जीवितै उद्धार गरेका छन् ।

उद्धार गरिएका उनलाई तत्कालै अस्पताल लगिएको थियो । तर तापक्रम माइनस ६ डिग्रीसेल्सियससम्म पुगेकाले अरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना भने निकै कम रहेको जनाइएको छ ।

मिकोलाभका क्षेत्रीय प्रशासकीय प्रमुख भिताली किमले रुसी आक्रमणकारीले सुतिरहेका सैनिकलाई कायर बनेर निशाना बनाएको आरोप लगाएका छन् ।

म्याक्सिम नाम गरेका एक सैनिकले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार कम्तीमान ५० जनाको शव घटनास्थलबाट निकालिएको छ । फेरि पनि रुसले आक्रमण गर्न सक्ने डरकाबीच उद्धारकार्य भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लालाई हरायो

६ चैत्र २०७८, आईतवार ०१:२४
काठमाडौँ।इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ ।गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोलले हराएको हो । आर्सनलका बुकायो साकाले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै आर्सनलले २८ खेलमा ५४ अङ्क जोडेको छ । आर्सनल लिगको चौथो स्थानमा छ । पराजित एस्टन भिल्लाको २९ […]