चुनावी परिणाम सोचेजस्तो आएन, सत्ता गठबन्धनमा छलफल गर्छु–प्रचण्ड

कर्णाली अनलाइन ९ मंसिर २०७९, शुक्रबार १६:२६

काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन्।
गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारीमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताए।

सम्बोधनका क्रममा प्रचण्डले,‘हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यसरी अलि भएन भन्ने छ। नसोचेको नसोचेको के–के कुरा भए भन्ने पनि छ,’ प्रचण्डले भने, ‘म अहिले काठमाडौं गइहाल्नुपर्ने भयो। देशभर जस्तो चुनावी परिणामको अपेक्षा गरिएको थियो त्यो अलि भएन भन्ने नै हो। त्यसका लागि गठबन्धन बैठक गरी जरूरी गृहकार्य गर्न पर्ने भएको छ।’

उनले गोरखा २ का गाउँगाउँमा पुगेर केही दिनपछि मात्रै आफूले धन्यबाद सभाहरू गर्ने बताए।
‘एजेन्डा भन्दा आवेग र भाआवेगमा देशलाई र मानिसलाई भ्रमित पार्ने संकेत देखा परे,’ उनले भने, ‘म अहिले कसैलाई दोष वा आलोचना र आरोपतिर गएको छैन। यो हाम्रा लागि चुनौती हो।’कुनै पनि हालतमा परिवर्तन उल्टाउन नदिइने प्रचण्डको भनाई छ।

‘जनताका छोराछोरीले रगत बगाएर ल्याएको परिवर्तन कुनै पनि हालतमा उल्टाउन दिइने छैन,’ उनले भने, ‘राजनीतिक नेतृत्वले सोचेर अघि बढ्नुपर्छ।’अध्यक्ष प्रचण्डले परिवर्तन रक्षा गर्दै गोरखा र सिंगो देशलाई विकासको गति दिने उद्देश्यले काम गर्ने पनि प्रतिबद्धता जनाएका व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रतिनिधिसभामा एमाले शून्य, गठबन्धनका ८ र राप्रपाका १ विजयी

९ मंसिर २०७९, शुक्रबार १६:२६
सुर्खेत ।कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । हालसम्म ९ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नतिजा आएको छ । यी ८ ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यी मध्ये ३ स्थानमा नेपाली कांग्रेस, र तिनै स्थानमा एकीकृत समाजवादीका उम्मेदववार विजयी भएका छन् । २ […]