नचिनेकाे समूहद्वारा महोत्तरीमा पाँच पसलमा आगजनी, लाखौँको क्षति

कर्णाली अनलाइन १३ पुष २०७८, मंगलवार ०७:५७

महोत्तरी ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति नचिनेकाे समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गर्दा लाखौँको क्षति भएकाे छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा नचिनेकाे समूहले गएराति करिब ९ बजेको समयमा आगजनी गरेका छन्।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्याँस सिलिण्डर, चुल्हाे र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन्। पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो।आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भइ लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले पार्टी कार्यालय जुम्लाको नयाँ भवनमा एक जना मृत्य फेला

१३ पुष २०७८, मंगलवार ०७:५७
जुम्ला।निमार्णधिन रहेको नेकपा (एमाले) पार्टी कार्यालय जुम्लाको नयाँ भवनमा एक पुरुष मृत्य फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मंगलबार विहान साढे आठ बजेको समयमा उक्त पुरुष मृत्य फेला परेका हुन् । प्रहरीका अनुसार मृत्य फेला परेको पुरुष जिल्लाको चन्दननाथ नगरपालिका–१ का ५६ वर्षीय सेतो कुलाल रहेका छन् […]