जुम्ला।निमार्णधिन रहेको नेकपा (एमाले) पार्टी कार्यालय जुम्लाको नयाँ भवनमा एक पुरुष मृत्य फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मंगलबार विहान साढे आठ बजेको समयमा उक्त पुरुष मृत्य फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत्य फेला परेको पुरुष जिल्लाको चन्दननाथ नगरपालिका–१ का ५६ वर्षीय सेतो कुलाल रहेका छन् । प्रहरीललाई स्थानीयले एमाले पार्टी कार्यालयको नयाँ बन्दै गरेको भवनमा एक पुरुष मृत्त अवस्थामा रहेको जानकारी दिएका थिए । खबर प्रश्चाप प्रहरीको अनुसन्धान अधिकृत सहित ७ जनाको टोली खटिएको थियो ।
प्रहरीका अनुसार उनको शव निहाल्दा अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा ५ जनाको टोली खटिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।