एनएमबि लघुवित्त–खोलागाँउ शाखाद्धारा बित्तीय साक्षरता,स्थानीयको उत्साहजनक उपस्थिति

कर्णाली अनलाइन १५ फाल्गुन २०८१, बिहीबार २०:३३


पश्चिम रुकुम।जिल्लाको चौरजहारी नगरपालिका वडा न–११ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खोलागाँउले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम चौरजहारी नगरपालिका –१४ साक्चामा विहिबार संचालन गरेको छ। उक्त कार्यक्रममा ४५ जना भन्दा बढी स्थानियको उपस्तिथि रहेको थियो। खोलागाँउ शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।

एनएमबि लघुबित्त वित्तिय संस्था लि.चौरजहारी नगरपालिका वडा न -११ मा रहेकोे शाखा कार्यालय खोलागाँउले केन्द्र नम्बर ३० मा विहिवार एक कार्याक्रमका विच ग्राहक सरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम, जोखिम न्यानिकरण र जोखिम न्युनिकरणको लागि सस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।

उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतना मुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय खोलागाँउका शाखा प्रबन्धक जीवन केसीले कर्णाली अनलाइन लाई जानकारी दिनु भयो।कार्यक्रममा कर्णाली प्रादेशिक कार्यालयका प्रमुख अभिषेक गौतमको उपस्थित रहेको थियो ।

उक्त नगरपालिकामा वडा न. ६,१०,११,१२, १४ र सल्यान जिल्लाको दार्मा गाउँपालिका,कुमाख गाउँपालिका ,पश्चिम रुकुमकै त्रिवेणी गाँउपालिका क्षेत्र भित्रका करिब ९सय४३ भन्दा धेरै घरधुरिलाई सेवा दिदैँ आएको यस एनएमबि लघुवित्त वित्तिय शाखा कार्यालय खोलागाँउले आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १ सय ४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौँ ओर्लन नसकेपछि कोलकाता डाइभर्ट

१५ फाल्गुन २०८१, बिहीबार २०:३३
काठमाडौँ।परराष्ट्रमन्त्री आरजु राणा चढेको कतार एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलको खराब मौसमका कारण ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ। दोहाबाट काठमाडौँतर्फ आइरहेको कतार एयरलाइन्सको जहाज कोलकाता ल्यान्ड भएको फ्लाइटराडारमा देखिएको छ। परराष्ट्रमन्त्री राणा सोही जहाजमा आइरहेकी थिइन्। जहाज काठमाडौंमा ओर्लन धेरै प्रयास भए पनि सम्भव नभएपछि कोलकातातर्फ लगिएको त्रिभुवन विमानस्थल स्रोतले […]