चुनावको दिन आन्तरिक उडान बन्द

कर्णाली अनलाइन २९ कार्तिक २०७९, मंगलवार २०:१०

काठमाडौं । आगामी मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल रहेपनि आन्तरिक उडान बन्द हुने  बताए ।

उनले भने, ‘एयरलाइन्सहरुले ४ गतेका लागि कुनै पनि टिकट नबेचेको जानकारी दिएका छन् । सो दिन सार्वजनिक यातायात पनि नचल्ने भएकाले आन्तरिक उडान बन्द गरिएको हो ।’अन्तर्राष्ट्रिय उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेयर बजार ६.५९ अंकले घट्याे

२९ कार्तिक २०७९, मंगलवार २०:१०
काठमाडौं।सेयर बजार मंगलबार ६.५९ अंकले घटेकाे छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हाे । नेपाल स्कट एक्सचेन्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ । १८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख […]