हवाई उडानका बेला ‘टिकटक’ बनाउने तीन ‘क्याबिन-क्रु’ कारवाहीमा

कर्णाली अनलाइन १७ चैत्र २०७९, शुक्रबार १३:१८

काठमाडौँ ।हवाई उडान भइरहेका बेलामा टिकटक भिडियो बनाइरहेका तीन जना क्याबिन-क्रु कारवाहीमा परेका छन्।

बिहीबार हिमालय एयरलाइन्सका काठमाडौँ-दोहा रुटमा उडानमा रहेको एच९-५६३ उडान नंको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोसस्टेस टिकटक बनाएको भिडियो सार्वजनिक भएपछि उनीहरूमाथि कारवाही थालिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडानका समयमा एयरहोसस्टेस या अन्य चालक दलका सदस्यले ध्यान अन्त गराउनु ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ। कसुर बमोजिम उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारवाही गरिने व्यवस्था छ।

प्राधिकरणका अनुसार उडान उडानको समयमा टिकटकमा रमाइरहेका ती तीन जनालाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारवाही गरिएको हो। पछिल्लो समय नेपालमा यस्ता किसिमका लाप्रवाही र विमान दुर्घटनाहरू बढ्न थालेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्रीलाई ३८ सांसदले दिए विश्वासको मत,राप्रपा मात्र विपक्षमा

१७ चैत्र २०७९, शुक्रबार १३:१८
सुर्खेत।कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पट्क विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी रमखेको प्रस्तावमा ३८ मत खसेको हो।उनकाे पक्षमा ३८ र विपक्षमा १ मत खसेकाे हाे। मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका […]