काठमाडौं । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्सटाग्रामको संचालन गर्दै आएको मेटा कम्पनीले ११ हजार कर्मचारीलाई निलम्बित गरेको छ ।
कम्पनीको गत १८ वर्षको इतिहासमा यति ठूलो संख्यामा कर्मचारीलाई निकालिएको यो पहिलो पटक हो । केही गलत निर्णयका कारण कम्पनीको राजश्व घटेको कारण उक्त संख्यामा कर्मचारीलाई निलम्बित गरिएको सिईओ मार्क जुकरवर्गको भनाई छ ।
‘आज म मेटाको इतिहासमा मैले गरेका केही कठिन निर्णयहरूको बारेमा कुरा गर्न जाँदैछु। हामीले हाम्रो टिमको आकार लगभग १३% कटौती गर्ने निर्णय गरेका छौँ । यससँगै ११ हजारभन्दा बढी प्रतिभाशाली कर्मचारीले रोजगारी गुमाउनेछन् । हामीले लागत घटाएर र पहिलो त्रैमासिक सम्म हायरिङ फ्रिज विस्तार गरेर अझ प्रभावकारी कम्पनी बन्न कदम चालिरहेका छौँ ।’ मार्कलाई उध्रदत गर्दै अन्तराष्टिय संचार माध्यमहरुले जानकारी गराएका छन् ।मार्कले उक्त निर्णयको जिम्मेवारी आफूले लिदै प्रभावित कर्मचारीसँग क्षमायाचना समेत गरेका छन् ।