काठमाडौँ उपत्यकामा ३ हजार ४ सय ८५ सीसी क्यामरा जडान

कर्णाली अनलाइन ५ पुष २०८०, बिहीबार ०९:१४

काठमाडौँ। उपत्यकामा तीन हजारभन्दा धेरै सीसी क्यामरा जडान भएका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाकाअनुसार अहिलेसम्म उपत्यकाभित्र ३ हजार ४ सय ८५ सीसी क्यामरा जडान भएका छन्।

काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सीसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सीसी क्यामरा जडानको काम अगाडि बढेको एआईजी थापाले जानकारी दिए । उहाँले सुरक्षा तथा अपराध न्यूनीकरणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताए ।

हिजो टोखा नगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवन शीलान्यास कार्यक्रममा उहाँले पालिकासँगको सहकार्यमा सीसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताए । काठमाण्डौ र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई तीव्र पारिएको छ ।

त्यस्तै, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न पहल गरिने एआईजी थापाले बताउनुभयो । उहाँले नयाँ बसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको दावी गरे ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नारायणगढ–मुग्लिन सडक आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिँदै

५ पुष २०८०, बिहीबार ०९:१४
काठमाडौँ।नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ । आजदेखि दैनिक चार घण्टा गाडी रोकिनेछन् । नागढुङ्गा–मुग्लिन […]