होलीलाई सुरक्षित र व्यवस्थित बनाउन ६८ वटा चोकमा ‘चेकप्वाइन्ट

कर्णाली अनलाइन २ चैत्र २०७८, बुधबार ०५:०३

काठमाण्डौं। फागु अर्थात होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन तयारी थालिएको छ । काठमाण्डौ उपत्यकालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइएको छ ।

होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताउनुभयो ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुने उहाँले बताउनुभयो । उहाँकाअनुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ ।

सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित जाँच गर्ने छन् । हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने  छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईका जिल्लामा पर्सि होली मनाइँदै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गत आज नेपाल र पपुवा न्युगिनी खेल्दै

२ चैत्र २०७८, बुधबार ०५:०३
काठमाण्डौं । आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे यूएइको दुबई अन्तर्राष्ट्रि रङ्गशालामा हुने छ । श्रृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रबार यूएईसँग, तेस्रो खेल आउँदो सात गते यूएईसँग नै र चैत आठ […]