आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गत आज नेपाल र पपुवा न्युगिनी खेल्दै

कर्णाली अनलाइन २ चैत्र २०७८, बुधबार ०५:१४

काठमाण्डौं । आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे यूएइको दुबई अन्तर्राष्ट्रि रङ्गशालामा हुने छ ।

श्रृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रबार यूएईसँग, तेस्रो खेल आउँदो सात गते यूएईसँग नै र चैत आठ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।

श्रृङखला अघि श्रीलंकामा चार वटा अभ्यास खेल खेलेको नेपाल तीन वटामा जित र एउटामा पराजित भएको थियो । विश्व क्रिकेट लिग दुईमा आठ खेलमा आठ अंकसहित नेपाल छैठौँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलायो

२ चैत्र २०७८, बुधबार ०५:१४
काठमाण्डौं। नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ। संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो। दलका उपनेता सुवास नेम्वाङका अनुसार नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले अचानक संसद् अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन […]