भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हरायो

कर्णाली अनलाइन १५ फाल्गुन २०७८, आईतवार ०४:२३

काठमाण्डाै । भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।

श्रीलङ्काले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्र जडेजा ४५ रनमा अविजित रहे । श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

श्रीलङ्काका पाथुम निशान्काले ७५ रनको अर्धशतकीय पारी खेले । डसुन सनकाले अविजित ४७ रन जोडे । भारतका भुवनेश्वर कुमार, जस्प्रित बुमराह, हर्षल पटेल, युजभेन्द्र चाहल, रविन्द्र जडेजाले एक/एक विकेट लिए । पहिलो खेलमा भारत ६२ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० आज हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ

१५ फाल्गुन २०७८, आईतवार ०४:२३
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ। सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएको छ। संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ। आजको बैठकमा […]