नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलायो

कर्णाली अनलाइन २ चैत्र २०७८, बुधबार ०५:३०

काठमाण्डौं। नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ। संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो।

दलका उपनेता सुवास नेम्वाङका अनुसार नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले अचानक संसद् अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्यका मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

२ चैत्र २०७८, बुधबार ०५:३०
काठमाण्डौं। होली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ । उहाँहरुले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण […]

सम्बन्धित शीर्षक