मंगलबारबाट मतदाता नामावली संकलन स्थगित, कति पुगे त मतदाता?

कर्णाली अनलाइन २५ माघ २०७८, मंगलवार ०४:३२

काठमाडौँ ।वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि  मंगलबारबाट स्थगित गरेको छ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए। आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो।

हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना

२५ माघ २०७८, मंगलवार ०४:३२
काठमाडौँ।बुधबार देशभर मौसम बदली हुनेछ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली […]

सम्बन्धित शीर्षक