राष्ट्रियसभा निर्वाचनसम्म मात्रै हालको गठबन्धन कायम हुन्छ: प्रधानमन्त्री देउवा

कर्णाली अनलाइन २० मंसिर २०७८, सोमबार ०८:४३

काठमाडौँ ।अहिलेको सत्ता गठबन्धन राष्ट्रियसभा चुनावसम्मका लागि मात्रै रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सञ्चारकर्मीसँगको छलफलको क्रममा देउवाले राष्ट्रियसभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो । त्यसपछि गठबन्धन कायम गर्ने–नगर्ने भनेर छलफल भएको छैन।’आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने कार्यातालिका निर्वाचन आयोगले तय गरेको छ । राष्ट्रियसभाका २० सदस्यको पदावधी आउँदो फागुन २० गते सकिँदैछ । २० सदस्यमध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ ।

यसैबीच देउवाले आफू फेरि एकपटक पार्टीको विधान बमोजिम सभापति बन्न चाहेको पनि बताएका छन् । सभापतिमा निर्वाचित भएमा राम्रो काम गर्ने दाबी उनको छ ।देउवाले भनेका छन्, ‘पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिमपटक हो। फेरि सभापति बनेमा अझै राम्रो गर्न सक्छु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा मन्त्रालय भागवण्डा पेचिलो बन्दै,चार मन्त्रालय नपाए माओवादी सरकारबाट बाहिरिने चेतावनी

२० मंसिर २०७८, सोमबार ०८:४३
सुर्खेत।कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागवण्डाको विषय पेचिलो बन्दै गएको छ । कार्तिक १६ गते मुख्यमन्त्रीका रुपमा नियुक्त भएका जिवन बहादुर शाहीले झन्डैँ ३४ दिन वितिसक्दा पनि दुई मन्त्रालय वाहेक अरु मन्त्रालयमा मन्त्रीमण्डल विस्तार गर्ने सकिरहेका छैनन् । मुख्यमन्त्री शाहीले दुई मन्त्रालयमा माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका छन […]