एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०५:५३

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ। बुधवार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए। उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन्। सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ।

‘संगठन विस्तार अभियान अन्तर्गत हामीले प्रदेश, जिल्ला र विभिन्न विभागहरूलाई पूर्णता दिइसकेका छौ, अहिलेसम्म ५० प्रतिशत पालिका गठन भएका छन्,’ महासचिव भुसालले भने, ‘वडा कमिटीहरू पनि धमाधम गठन भइरहेका छन्, छिटै पूर्णता दिने तयारी छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युतले हाम्रो अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

१७ कार्तिक २०७८, बुधबार ०५:५३
सङ्खुवासभा। अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन्। खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए। नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथांका अरुण […]