‘नागरिक उन्मुक्ति पार्टी’ जेलबाटै दर्ता गराए रेशम चौधरीले

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ०९:०३

काठमाडौँ।निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। दल दर्ता गर्न उनका समर्थकहरु बाजागाजासहित आयाेग पुगेका हुन्।

कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीका समर्थकहरू भृकुटीमण्डपमा भेला भएर बाजागाजासहित आयोग पुगे।कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी अहिले कारगारमा छन्। पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौँमा प्रदर्शन भइरहेको छ।उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत् प्राधिकरणको सामान नेपाल एयरलाइन्सबाट ल्याइने समझदारीपत्रमा हस्ताक्षर

१९ पुष २०७८, सोमबार ०९:०३
काठमाडौँ।नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गर्नुभएको हो । अब प्राधिकरणका कर्मचारी र कर्मचारीका […]