कुलमान घिसिङसँग माग्यो निर्वाचन आयोगले स्पष्टीकरण

कर्णाली अनलाइन १ बैशाख २०७९, बिहीबार १३:२५

काठमाडौं ।निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।

‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र अछाम जिल्ला सहइन्चार्ज साउद नेकपा एमालेमा प्रवेश

१ बैशाख २०७९, बिहीबार १३:२५
अछाम। नेकपा माओवादी केन्द्रका अछाम जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् । बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउदसँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले […]

सम्बन्धित शीर्षक