आज देशका अधिकांश स्थानमा हावाहुरीसहितको वर्षा

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार ०१:२३

काठमाडौँ ।हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।बिहान बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।सोमबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणतन्त्रमा राष्ट्रपतिको शुभकामनाः राष्ट्रिय एकता र सामाजिक न्यायसहितको समृद्धिमा जोड

१५ जेष्ठ २०७९, आईतवार ०१:२३
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघिबढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र […]