नेकपा एसले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

कर्णाली अनलाइन २० कार्तिक २०८०, सोमबार २०:२३

काठमाडौँ।नेकपा एकीकृत समाजवादी नेकपा एसले भूकम्प पीडितलाई नगद रु २५ लाख आथिक सहयोग गर्ने भएको छ।पार्टीको सोमवार केन्द्रीय कार्यालयमा आयोजित सचिवालयको बैठक पश्चात बैठकका निर्णय सार्वजनिक गदै उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई रु २५ लाख नगद आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए।

बैठकले भुकम्प पीडितको सहयोग समन्वय अनुगमनका लागि पार्टीका उपमहासचिव एवं नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा, राज्यमन्त्री नन्दा चपाई , पार्टी प्रदेश अध्यक्ष एवं सासद अम्मर वहादुर थापा, सासद धनबहादुर बुढा, कर्णाली प्रदेश सभाका सांसद कल्याणी खड्का, पार्टी प्रदेश कमिटिका सचिव कृष्ण बिसि, पार्टी केन्द्रीय सदस्य ठगेन्द्र प्रकाशपुरी र जाजरकोट तथा रुकुम पश्चिमका पार्टी अध्यक्ष रहने गरी दश सदस्यीय अनुगमन कमिटी गठन गरेको छ।

कमिटीले घटनास्थलको अनुगमन गरी उद्धार र राहातमा समेत सहयोग गर्ने उपमहासचिव खतिवडाले बताए। त्यस्तै बैठकले हालै पार्टीले सम्पन्न गरेको मेचि महाकाली जागरण अभियान छोटो समयमा प्रभावकारी ढंगले भब्यताका साथ सम्पन्न भएको ठहर गरेको छ।

असोज १४ देखि २८ सम्म चलेको अभियानमा १२सय किलो मिटरको यात्रा तय गरी ठूला साना ५५ बढि सभा सम्पन्न गरेको छ।
नेपालको संविधानले नेपाललाई समाजवाद उन्मुख ब्यबस्था भनेपनि समाजवादको जागरण गर्ने नेकपा एकीकृत समाजवादी मुलुककै पहिलो पार्टी बनेको बैठकले निष्कर्ष निकालेको छ।

बैठकले अभियानको समीक्षा गर्दै अभियानकै क्रममा अन्य पार्टी परित्याग गरी १० हजार बढि कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको, ३ लाज जनता सँग प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्याहरूको विषयमा छलफल गरेको र पार्टीको विचार र दृष्टिकोण जनतको बीचमा पुर्याएको र पार्टी पक्तिलाई उत्साही बनाएको बैठकको निष्कर्ष छ।

बैठकले अभियान सफल बनाउन सहयोग गर्ने नेताकार्यर्ता, स्वयंसेवक, जनसांस्कृतिक महासंघका कलाकर्मी, सञ्चारगृह, सञ्चारकर्मीहरु तथा आमजनसमुदाय लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको गरेको छ।

बैठकले चिनिँया कम्यनिष्ट पार्टीको निमन्त्रणामा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मङ्गलवारदेखि हुन लागेको १५ सदस्यीय टोलीको भ्रमणको सफलताको कामना गरेको छ। कार्तिक २१ देखि हुन लागेको भ्रमण दुई पार्टी बीचको सम्बन्ध सुधार गर्न फलदायी हुने बैठकले विश्वास व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

२० कार्तिक २०८०, सोमबार २०:२३
काठमाडौंँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका– ९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको पनि मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका– २ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका– ९ […]