अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता

कर्णाली अनलाइन १३ माघ २०७८, बिहीबार ०९:००

अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिबानले आफ्नो भनाइ राखेको छ । अन्तर्राष्ट्रिय स्तरमा तालिबानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आराेपको खण्डन गर्दै तालिबानले आफूले कुनै पनि महिलालाई अपहरण नगरेको प्रष्ट पारेको हो ।

अफगानिस्तानका सूचना तथा सांस्कृतिक मामिला मन्त्री जबीहुल्लाह मुजाहिदले महिला हननको आरोप आधारहीन भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानका महिला अधिकारकर्मीले यसै हप्ता नर्बेको राजधानी ओस्लोमा तालिबानको राजनीतिक प्रतिनिधिमडलसँग भेटघाट गरेको थियो । अधिकारकर्मीले अफगानिस्तानमा महिला सुरक्षा कायम गर्न समेत अपिल गरेको थियो ।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिला अधिकार हननकाे विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित भोजपुरबाट दुई ट्रक चालक पक्राउ

१३ माघ २०७८, बिहीबार ०९:००
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको  हो। भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला […]