नेकपा (माओवादी केन्द)को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध निर्वाचित

कर्णाली अनलाइन २९ मंसिर २०७८, बुधबार ११:५२

सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा जारी प्रथम ऐतिहासिक सम्मेलनबाट कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी निर्विरोध निर्वाचित भएकी छन। उहाँ यस अधि कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत भएकी केसी २०४६ सालदेखी राजनीतिमा आवद्ध भएकी हुन् ।

१० वर्षे जनयुद्धमा भूमिगत भएकी केसी दुई पटक हिरासत बसेकी थिइन् । केसी रूकुमपश्चिमबाट निर्वाचित सांसद हुन् । बाँकी पदाधिकारीमा भने अझै टुंगो लाग्न बाँकी छ । मंगलबार मात्रै सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, कसले कति मत पाए?

२९ मंसिर २०७८, बुधबार ११:५२
काठमाडौँ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वर्तमान […]

सम्बन्धित शीर्षक