सर्वोच्च अदालत:‘नो नट अगेन’ अभियानलाई नरोक्न अन्तरिम आदेश

कर्णाली अनलाइन २४ कार्तिक २०७९, बिहीबार २२:५७

काठमाडौँ। सर्वोच्च अदालतले ‘नो नट एगेन’ अभियानलाई रोक नलगाउन अन्तरिम आदेश दिएको छ । यसअघि यो अभियान नरोक्न सर्वोच्चले अल्पकालिलन अन्तरिम आदेश दिएको थियो । उक्त आदेशलाई नै निरन्तरता दिने गरी सर्वोच्चले यो मुद्दामा बिहीबार अन्तरिम आदेश दिएको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो । यसअघि २० कात्तीकमा न्यायाधीशहरु अरिप्रसाद फुयालको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा पुराना र परीक्षत भइसकेका नेताहरुलाई आगामी चुनावबाट रोक्न आह्वान गर्दै चलाइएको यो अभियानका फेसबुक पेज र ग्रुपहरु बन्द गर्नुपर्ने भन्दै निर्वाचन आयोगले अभियानका पेज र ग्रुप बन्द गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

आयोगको उक्त कदम विचार तथा स्वतन्त्राको हकविरुद्ध भएको भन्दै अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा रित दायर गरेका थिए । उक्त मुद्दामा बिहीबार थप सुनुवाइ गर्दै अदालतले यस्ताे आदेश दिएको हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा आजदेखी मदिरा विक्री वितरण गर्न रोक

२४ कार्तिक २०७९, बिहीबार २२:५७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आसन्न मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मदिरा जन्य पदार्थको विक्रि वितरणमा रोक लगाएको छ । शुक्रवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षता र जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख उम्मेदवाररप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निणर्य […]