कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, कसले कति मत पाए?

कर्णाली अनलाइन १ पुष २०७८, बिहीबार ०४:३१

काठमाडौँ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य हुन् । खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार बनेका थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिस्पर्धी नेता डा. शेखर कोइराला ‘प्यानल’को उम्मेदवार हुन् ।

उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले पराजित भए । सभापति देउवा ‘प्यानल’ कै उनले एक हजार ९०६ मत प्राप्त गरे ।समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको अनुरोध

१ पुष २०७८, बिहीबार ०४:३१
काठमाडौं।राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। बिहीबार आयोगले सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ताको म्याद पुस १० गतेसम्म छ। पुस २० […]

सम्बन्धित शीर्षक