फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा केसी चयन

कर्णाली अनलाइन १८ भाद्र २०७९, शनिबार १९:२२

सुर्खेत । नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा गोविन्द केसी चयन भएका छन्। महासंघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा ज्योती कटुवाल, सचिवमा तीर्थ भण्डारी, सह–सचिवमा नविन शाही र कोषाध्यक्षमा अप्सरा विष्ट चयन भएका छन्।

यस्तै, सदस्यहरुमा सुरेश आचार्य, रमा केसी, सिर्जना बुढाथोकी, राकेश पौडेल, विष्णु न्यौपाने, नविन पौडेल, प्रिन्स चन्द, सुरेन्द्र सिंह, टेकबहादुर शाही, छपाल लामा चयन भएका छन्।

साधारण सभाका प्रमुख अतिथि नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य विशाल सुनार, अतिथि नेपाल पत्रकार महासंघ सुर्खेत अध्यक्ष ललित बसेलले शुभकामना दिएका थिए।

पर्यटन प्रवद्धन गर्ने कुरामा फोटो पत्रकारिताको सम्भावना धेरै भएको प्रमुख अतिथि विशाल सुनारले बताए। ‘कर्णालीमा लुकेर रहेका सम्भावनाहरु फोटोको माध्यमद्वारा खोजी गर्ने र प्रवद्र्धन गरिनेछ,’ सुनारले भने ‘त्यसको लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ।’

हजार शब्द भन्दा एउटै फोटोले धेरै अर्थ दिने भएकाले फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेले बताए। कार्यसमितिका विभिन्न गतिविधिहरु संचालन गर्न, कार्य सम्पादन गर्न र सहजिकरण गर्नका सहज गर्नका लागि ७ सदस्यीय प्रदेश सचिवालय पनि गठन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'म निर्देष छु, केही दिनमै स्वदेश फर्कन्छु'-सन्दीप लामिछाने

१८ भाद्र २०७९, शनिबार १९:२२
काठमाडौँ नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन्।उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दोष भएको जिकिर गरेका हुन्। उनले भनेका छन्,’म निर्दोष छु र नेपालको सम्मानित कानुनमा विश्वास छ। सिपिएलबाट विदा लिने निर्णय गरेको छु र केहीदिन भित्रै स्वदेश फर्किनेछु। म […]