सुर्खेत ।जिल्लाको वीरेन्द्रनगर नगरपालिका ११ न. वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ११ न.वडा कार्यालयले विहिवार वडा कार्यालयको परिसरमा आयोजना गरेको कार्यक्रममा २ सय ५० जनाभन्दा वढि जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको छ।
वीरेन्द्र्र नगरपालिका उप—प्रमुख तथा उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका निलकण्ड खनालले ११० वर्षिया जेष्ठ नागरिक देवी ओलीलाई मायाको चिनो सहित खादा ओडाएर सम्मान गर्नुेभएको छ। सम्मान पस्चात उप—प्रमुख खनालले नयाँ वर्ष २०८० सालको शुभकामना दिदै भन्नुभयो ‘जेष्ठ नागरिक हाम्रा समाजका ज्युदो इतिहास भएकाले उनिहरुलाई सम्मान गर्नुपर्ने दायित्व हामी सवैको भएको उहाँले भन्नुभयो ‘।
उप—प्रमुख खनालले भन्नुभयोे,’जेष्ठ नागरिकको पिडा मलाई राम्रो संग ज्ञान भएको त्यो ज्ञान महिले आफनै घरबाट लिएको उहाँले भावुक हुदै भन्नुभयो लगभग २५ वर्ष महिले आमाको उपचारमा सवै पिडा बुझेको उहाँले बताउनु भयो। मेरो कार्यकालको बाकी ४ वर्ष जेष्ठ नागरिकको हकहितमा लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ।
उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गदैँ ११ नं. वडा कार्यालयका वडा अध्यक्ष खिमलाल देवकोर्टा ले नयाँ वर्षको शुभकामना दिदैँ भन्नुभयो ‘जेष्ठ नागरिकले समाजका लागि आफनो समयमा महत्वपुर्ण काम गरेको भन्दै हामीले सधै सम्मान गर्नुपर्ने बताउनुभयो’ । वडा अध्यक्ष देवकोटाले भन्नुभयो ‘सुसंस्कृत समाज निर्माण गर्न सवै पक्षको उत्तिकै भुमिका हुने भएकाले अग्रजहरुको सुझाव सल्लाह लिएर सहि समाज रुपातरण गर्ने सकिनेमा जोड दिनुभयो।
वडा अध्क्षय देवकोटाले क्षमायाचना माग्दै भन्नुभयोे’ हामीले हजुरहरुलाई तिर्थ स्थल भ्रमण गराउने लक्ष्य लिएका थियौँ तर हजुरहरुको स्वास्थ्य अवस्थालाई मध्ये नजर गदैँ हामीले त्यो निर्णयबाट पछि हटेका हौँ ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै ११ नं वडासदस्य टोपलाल तिवारीले जेष्ठ नागरिक लगायत सवैलाई बधाईका साथै स्वागत गर्नुेभएको थियो ।कार्यक्रमको सहजिकरण वडा सदस्य रत्न ब बहादुर चन्द,महिला वडा सदस्य लक्ष्मी कुमारी चुनाराले गर्नेभएको थियो भने कार्यक्रम संचालन वडा सचिव प्रविन्ता कुमारी बस्नेत केसीले गर्नुेभएको थियो।