नेकपा एमालेले आजदेखि थाल्यो १७ दिने कार्यकर्ता प्रशिक्षण

कर्णाली अनलाइन १ फाल्गुन २०७८, आईतवार ०६:१८

काठमाडौं ।नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।

यसैगरी स्थानीय तहको निर्वाचनको तयारी, स्थानीय तहमा हालसम्म भएका राम्रा कामहरु प्रशिक्षणका मुख्य विषय छन्। यसैगरी स्थानीय तहको आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले अपनाउनु पर्ने रणनीति, स्थानीय पार्टी कमिटीको भूमिका आदिका बारेमा विस्तृत रुपमा प्रशिक्षणमा छलफल गरिने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए।

प्रशिक्षणका लागि ६ वटा प्रदेशमा पार्टीका उपाध्यक्षले नेतृत्व गर्नेछन्।  लुम्बिनी प्रदेशमा महासचिव शंकर पोखरेलले नेतृत्व गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जनाकारी दिए।

ज्ञवालीका अनुसार प्रदेश १ मा उपाध्यक्ष विष्णु पौडेल, मधेस प्रदेशमामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा युवराज ज्ञवाली लुम्बिनीमा महासचिव शंकर पोखरेल, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रशिक्षणको नेतृत्व गर्नेछन्।  हरेक प्रदेशमा ६ जना प्रशिक्षक खटाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीश राणाविरुद्ध सत्ता गठबन्धनकै सांसदबाट महाभियोग दर्ता​

१ फाल्गुन २०७८, आईतवार ०६:१८
काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्ता गठबन्धनकै सांसदहरुले प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग दर्ता गरिएको हो।  ९८ सांसदले हस्ताक्षरसहित बिहान ११ बजेर १० मिनेटमा महाभियोग दर्ता भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। महाभियोग दिलेन्द्रप्रसाद बडू, देव गुरुङ, जीवनराम श्रेष्ठको प्रस्तावमा महाभियोग दर्ता भएको हो। महाभियोगमा […]