नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

कर्णाली अनलाइन २१ चैत्र २०७८, सोमबार ०८:५३

काठमाडौँ।त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ।पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बताए। ३८ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा ५४ रन जोडे। यस्तै करण केसीले विष्फोटक व्याटिङ गर्दै १२ बलमा ३३ रन बनाउँदा आशिफ शेखले २९, कुशल भुर्तेलले २५, र मोहम्मद आदिल आलमले १५ रन जोडे।

बलिङतर्फ पीएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कबुआ मोरेअ र रिले हेकुरेले एक–एक विकेट लिए।नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो भने लिग चरणका चारमध्ये एक खेल मात्रै जितेको पीएनजीले नेट रनरेटमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७९ राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

२१ चैत्र २०७८, सोमबार ०८:५३
काठमाडौँ।निर्वाचन आयोगले मंगलबार स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान साढे ११ बजे छलफल हुने जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ। ०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता […]

सम्बन्धित शीर्षक